इशाश्री शाह र सुनिरा थापा प्रथम टिम टेनिस नेपाल जुनियर प्रिमियम टेनिस प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
टिम टेनिस नेपालको आयोजनामा भइरहेको प्रतियोगितामा इशाश्रीले निमिशा ढकाललाई ६–० र ६–० तथा सुनिराले सराह तिमल्सिनालाई ६–४ र ६–० को सोझो सेटमा पराजित गरे। सोही स्पर्धामा सर्वानी श्रेष्ठले आद्या पौडेललाई ६–१ र ६–१ तथा सोन्जाले शुभाङ्गीलक्ष्मी शाहलाई ६–१ र ६–१ को सीधा सेटमा हराउदै सेमिफाइनलमा पुगेका छन्।
धापाखेलस्थित टेनिस कोर्टमा सञ्चालन भइरहेको प्रतियोगिताको यु–१२ ब्वाइज सिंगल्समा बोरिस अधिकारीले आदित नेपाललाई ६–१ र ७–५, श्रीजन भट्टराईले वृजेश अर्याललाई ६–१ र ६–१, दर्शिल श्रेष्ठले अविर श्रीवास्तवलाई ६–० र ६–० तथा निशाद जोशीले तोबियस हेरिङगरलाई ६–० र ६–१ को सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।
उक्त स्पर्धाको गल्र्समा कर्मनिस्थ श्रेष्ठले अर्या भरुगिसलाई ६–१ र ७–६ (३) ले पन्छ्याउदै सेमिफाइनलमा पुगिन्।
यु–१४ ब्वाइज सिंगल्समा आयुशमान घलेले निशाद जोशीमाथि ६–० र ६–२ को जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरे।
ब्वाइज डबल्समा आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडीले दर्शिल श्रेष्ठ र साश्वतको जोडीलाई ६–० र ६–० तथा आयुशमान घले र स्लोक खड्काको जोडीले ग्रिभेन र प्रसिद्ध मोक्तानको जोडीलाई ६–१ र ६–१ को सेटमा निराश पार्दै फाइनलमा पुगे।