पोखरास्थित हिमालयन गल्फ कोर्समा भएको आमन्त्रण बाह्रखरी गल्फ प्रतियोगिताको उपाधि नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीले जितेका छन्।
उनले ३५ स्कोर गर्दै सुनको बलसहित ट्रफी हात पार्न सफल भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी भारतीय खेलाडी रवीन्दर साइनी, एआईजी हरिबहादुर पाल र वसन्त गौचनले ३३ स्कोर गरेका थिए।
तीन जनामध्ये साइनीले काउन्ट ब्याकमा उपविजेताको ट्रफी हात पारे। उपविजेताको उपाधि हात पार्न साइनीले दोस्रो हाफमा १९ स्कोर गरेका थिए। जहाँ पालले १७ र गौचनले १५ स्कोर गरेका थिए।
प्रतियोगितामा बेस्ट ग्रसको उपाधि सुरेन्द्र फुयाँलले हात पारे। जसका लागि उनले २८ ग्रस पोइन्ट हासिल गरेका थिए।
महिलातर्फको प्रतिस्पर्दामा रेखा घिमिरे २३ अङ्क प्राप्त गर्दै विजयी भइन्। जसमा पोर्जुगलका खेलाडी सोफी ह्यामनले १८ स्कोर गरेर दोस्रो भइन् । ६० वर्षमाथिका खेलाडीको प्रतिस्पर्धामा टेन्डी शेर्पा ३० अङ्कका साथ वियजी भए।
पोखराका खेलाडी रमेश गुरुङले तीन वटा बडिज प्रहार गर्दै मोस्ट बडीजतर्फको उपाधि हात पारेका थियो भने क्याप्टेन नोर्बु छिरिङ शेर्पाले लङ्गेस्ट ड्रइभको उपाधि जिते।
चौथो होलमा राखिएको होल इन वान कारको उपहार प्राप्त गर्न प्रतियोगितामा सहभागी ७४ खेलाडी सफल हुन नसकेको सो प्रतियोगितामा क्लोजेस्ट टु द पिनको उपाधि पोखराका खेलाडी बलराम थापाले हात पार्न सफल भए। चौथो होलमा राखिएको होल इन वान कारको उपहार प्राप्त गर्न प्रतियोगिताका ७४ खेलाडी सफल हुन सकेनन्। तर पनि क्लोजेस्ट टु द पिनको उपाधि पोखराका खेलाडी बलराम थापाले हात पारे। उनी होल इन गर्न ६ इञ्चको दूरी मात्र थियो ।
प्रतियोगिताका विजयी खेलाडीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ लगायतले उपाधिसहित ट्रफी वितरण गरेका थिए।
सो अवसरमा मन्त्री ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्याका समाधानका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए। प्रतियोगिताले पोखरा सुरक्षित र खुल्ला छ भन्ने सन्देश दिन सफल भएको उल्लेख गर्दै उनले कोरोना भाइरसको कारण थला परेको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कन थालेको बताए।
मन्त्री ढकालले सरकारले सहजरुपमा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन खुकुलो खालको नयाँ रणनीति तयार गरेको बताउँदै यसका लागि सवै क्षेत्रको साथ र सहयोग आवश्यक रहने बताए।
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले यस्ता प्रतियोगताले पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्दै प्रदेशमा हुने खेलकूद गतिविधिलाई प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए। ‘प्रदेश सरकारको पहिलो प्राथमिकता पर्यटन रहेको छ। पोख्रेली पर्यटन व्यवसायी पर्यटनको स्वागतका लागि तयार रहेका छन्’, उनले भने, ‘आगामी गल्फ प्रतियोगिता हिमाल पारिको जिल्ला मुस्ताङमा गर्न आयोजकलाई अनुरोध गर्छु।’