जापानी प्रधानमन्त्री योसिहिदे सुगाले टोकियो ओलम्पिक र प्याराओलम्पिक आगामी गर्मीयाममा हुने बताएका छन्।
सन् २०२० का लागि तय भएको टोकियो ओलम्पिक र प्याराओलम्पिक कोरोना माहामारीका कारण रोकिएको छ। प्रधानमन्त्री सुगाले आउँदो गर्मीयाममा जसरी पनि प्रतियोगिता गर्ने बताएको बीबीसीले जनाएको छ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिने क्रममा रहे पनि आगामी जुलाई २३ देखि प्याराओलम्पिक र त्यसको एक महिनापछि टोकियो ओलम्पिक हुने समाचारमा उल्लेख छ।
‘आउँदो गर्मीमा जसरी पनि खेल हुनेछ । सबैजना सुरक्षित बस्नुहोस्। टोकियो ओलम्पिकमा हुने खेलहरु महंगा हुने अनुमान छ’, प्रधानमन्त्री सुगाले भनेका छन् ।
जापानमा अहिलेसम्म २ लाख ३९ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३३ सय ३७ जनाको मृत्यु भएको छ। टोकियोमा अहिले दैनिक एक हजारभन्दा धेरैमा संक्रमण पुष्टि भइरहेको छ ।