एसियन चेस महासंघको आयोजनामा भएको एसियन जुनियर एण्ड गर्ल्स अनलाईन चेस च्याम्पियनसिप २०२० बाट नेपालका सवै खेलाडीहरु छनोट चरणबाटै बाहिरिएका छन्।
भएको छनोट खेलमा सवै नेपाली खेलाडीहरु बाहिरिएको नेपाल चेस संघ महिला कमिसनकी प्रमुख मोनालिशा खुम्बुले जानकारी गराईन् ।
एशियन जुनियर एण्ड गल्र्स अनलाईन चेस च्याम्पियनसिप २०२० ३.२ जोन अन्तरगत नेपाल, बंगालादेश, पाकिस्तान, श्रीलङ्का र मालदिभ्स रहेको समूहमा नेपालका तीन पुरुष र तीन छात्रा गरि ६ खेलाडीहरुले सहभागिता जनाएका थिए ।
स्विस प्रणाली अन्तरगत ९ चरणको खेलमा जुनियर खुलातर्फ अबिश्रे श्रेष्ठले छैटौं स्थानमा रहँदै च्याम्पियनसिपलाई पूर्ण बिराम लगाए । उनले ४ अंक प्राप्त गरे । यस्तै ३.५ अंकका साथ बिवेक श्रेष्ठ सातौ र ३.५ अंकका साथै निकेन कुशथा दशौं स्थानमा रहँदै प्रतिस्पर्धाबाट बाहिरिए । जुनियर खुुला तर्फ शिर्ष दुई स्थान बंगलादेशका खेलाडी भए भने तेश्रो स्थानमा श्रीलङ्काका खेलाडी भए ।
यस्तै छात्राहरु प्नि प्रतिसपर्धाबाट बाहिरिएका छन् । खुस्वु थापा सातौ, अनिशा न्यौपाने आठौं र कृतीसरा अधिकारी नवौं स्थानमा रहँदै प्रतिस्पर्धाबाट बाहिरिएका हुन् । थापा र न्यौपानेले ३.५ र अधिकारीले ३ अंक प्राप्त गरेका थिए । छात्रा तर्फ शीर्ष तीन स्थानमा बंगालादेश, श्रीलङ्का र बंगलादेशका खेलाडी रहे ।
पहिलो चरणमा शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरु फाईनल चरणका लागि छनोट भएका छन् ।
विजेतालाई एशियन जुनियर (छात्रा) अनलाईन चेस च्याम्पियनसिप २०२० घोषित गरिनुका साथै शिर्ष तीन स्थान प्राप्त गर्नेलाई नगद १ हजार ५ सय, १ हजार र ५ सय डलर, स्वर्ण, रजत र कास्य, तथा प्रमाण पत्र प्रदान गरिने छ । यस्तै महिला तर्फ शिर्ष तीनले ७ सय ५०, ५ सय र २ सय ५० डलर नगद पुरस्कार सहित स्वर्ण, रजत र कास्यका साथै प्रमाण पत्र प्राप्त गर्ने छन् ।