वीर गणेशमान सिंह १० किलोमिटरको दौडको महिलातर्फ सन्तोषी श्रेष्ठ र पूरुषतर्फ गोपीचन्द्र पार्की विजयी भएका छन्।
रुड्स फेसनले आयोजना गरेको दौडमा १३औं सागका स्वर्ण पदकधारी गोयल डिजरबाट प्रतिनिधित्व गरेकी सन्तोषीले ३९ मिनेट १० मिनेट ९८ सेकेन्डमा निर्धारित दुरी पार गर्दै प्रथम स्थान हासिल गरिन भने पूरुष तर्फ नेपाल एपिएफ क्लबका गोपचन्द्र पार्कीले ३२ मिनेट ०१.२ सेकेन्डमा उपाधि रक्षा गरे।
साग स्वर्णधारी पार्कीले २५६ धावकलाई पछि पार्दा सोही क्लबका खिम खत्री दोश्रा भए। खत्रीले ३४ मिनेट ३५ सेकेन्डमा र तेश्रो स्थान कर्णाली स्पोर्टस क्लवका नरेश बुढा ३४ मिनेट ३६।सेकेन्डमा दुरी तय गरे।
महिला तर्फ दोश्रो र तेश्रो स्थान नेपाल प्रहरीका धाविकाद्वय बिन्द्रा श्रेष्ठ ४० मिनेट ११.२९ सेकेन्ड र फुलमति राना ४० मिनेट ५८.११ सेकेन्डमा दुरी पार गर्दै विजयी भए।
दरबारमार्गबाट शुरू भएको सो दौडमा बिभागिय टिम, बिभिन्न संघ संस्था र अमेरिका,बेल्जियम ,जर्मनी र कोरियाका करीव ४५ महिला र २५७ पूरुष सहित ३०२ धावकहरुको सहभागिता थियो।
पहिलो हुनेले ६०–६० हजार,दोश्रा हुनेले ३० हजार,तेश्राले १५ हजार सहित पॉचौ सम्मलाई नगद पुरस्कार र दशौ स्थान सम्मलाई खेल सामग्रीहरु प्रदान गरीनुको साथै सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरियो।