हिमालयन चितुवा नामले परिचित नेपाली किक बक्सिङ खेलाडी अविरल घिमिरेले टोकियोमा भएको हिट ४६ किक बक्सिङमा जापानिज बक्सरलाई नकाउट गरेका छन्।
टोकियोमा नागोयामा भएको भिडन्तमा जापानी च्याम्पियनलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी उनले नकाउट गरे।
चन्द्रागिरिका २१ वर्षीय अविरल हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर हुन्।
जापानको नागोया सहरमा रहेर किक बक्सिङका व्यवसायिक खेल खेल्दै आएका अविरल जापानमा नेपालको प्रतिनिधित्व गर्दै १२ खेलमा जित हासिल गरिसकेका छन्।
हालसम्म उनले ७ वटा नकाउट र ५ वटामा समान जित हासिल गरी नेपालको झण्डा फराउन सफल भएका छन्।
खेल हेर्न पुगेका दर्शकहरूलाई रिङभित्रबाटै उपस्थित सयौं जापानी नागरिकहरूलाई नेपाल भ्रमणको निम्तो दिँदै नेपाल भ्रमण वर्ष २०२० को प्रचार समेत गरे।
नेपाली झण्डा फहराउँदै अविरलले नेपाल भ्रमण वर्ष २०२० को समेत प्रचार गरेका छन्।
अविरलले आफ्नो जितको उपाधि पिता तथा प्रशिक्षक देव घिमिरे र नेपाली समर्थकलाई दिएका छन्।