छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिताको हाइजम्पतर्फ खिलध्वज खड्का (गणेश), रामबहादुर दाहाल (सम्मोहन) र सविन कुमार पाखेरेल (आकांक्षा) क्रमश: पहिलो, दोस्रो र तेस्रो भएका छन्।
शोजम्पतर्फ योगबहादुर बस्नेत (देवकी), लालबहादुर कुँवर (लमजुङ) र रामबहादुर दाहाल (सम्मोहन) क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका थिए।
प्रतियोगिताको अर्को विधा टेन पेकिङमा रुद्रबहादुर कार्की, गोविन्दबहादुर खड्का र लक्ष्मण रावल क्रमश : पहिलो, दोस्रो र तेस्रो भएका थिए।
प्रदर्शन खेल अन्र्तगत महिला राइडरहरुलाई प्रोत्साहन वापत जनही पाँच हजार प्रदान गरिएको थियो। यसरी पुरस्कृत हुनेमा हरिमाया गुरुङ, शारदा केएम, कविता थापा र सरिता श्रेष्ठ रहेका थिए।
यस प्रतियोगितामा २६ राइडरको सहभागिता रहेको थियो। सवै विधामा प्रथम, दोस्रो र तेस्रो हुने विजेतालाई जनही २० हजार, १५ हजार र १० हजार पुरस्कार स्वरुप प्रदान गरियो।