तेश्रो समृद्ध रुकुम फीडे रेटिङ अन्तराष्ट्रिय चेस प्रतियोगिताको उपाधि भारतका ऋषभ निसादले जितेका छन्। उनले अन्तिम चरणमा साविक विजेता सुमित पन्तलाई हराउदै ७.५ अंक सहित दोश्रो स्थान पारेका हुन्।
उपाधिसँगै निसादले ५० हजार रुपैयाँ पुरस्कार पाए। प्रतियोगितामा ७ अंक सहित मदनकृष्ण कायस्थ दोश्रो तथा कृष्ण थापा तेश्रो भए।
६.५ अंक भएका राजन सुबेदी चौथो तथा सुमित पन्त पाँचौ भए। उपविजेता कायस्थले ३० हजार तथा तेश्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार पाए। चौथो हुने सुबेदीले १६ तथा पन्तले १५ हजार रुपैया पुरस्कार पाए ।
६ अंक भएका नविन तण्डुकार, बद्रीलाल नेपाली, भारतकी विधार रुतुम्बरा, मिलन लामा र सुमन राइ छैठौ देखि १० औ स्थानमा रहे।
अनरेटेडमा सुरेन्द्र थापा,रेटिङ १३०० मुनी दिपक धामी, १६०० मुनी भारतका संकल्प आरोहा, भारतीय खेलाडी १९०० मुनी सौरभ चौवे तथा भेट्रानमा दिपेन्द्र पुन पहिलो भए। १४ वर्ष मुनी गितान्स सेठ र १८ वर्ष मुनी युवराज पौडेल पहिलो भए । प्रदेशका ५मा रुकुमका मिलन रोक्का पहिलो तथा बर्दीयाका सुरेस चौधरी दोश्रो भए । पूर्व रुकुममा ववीदेवल पुन तथा पश्चिम रुकुमका खिमबहादुर पुन पहिलो भए।
विजयी खेलाडीलाई प्रमुख अतिथी प्रदेश सभा सदस्य देवी ओलीले पुरस्कार प्रदान गरिन्।
पुरस्कार वितरण समारोहमा नेपाल बुद्धीचाल संघका महासचिव हेराकाजी मर्हजन, प्रतियोगिता संयोजक सुबोधराज शेर्पाली, प्रतियोगिता निर्देशक ई प्रदिप कुमार खत्री, नेपाल बुद्धीचाल संघका सदस्य यज्ञ प्रसाद पन्त र जिल्ला खेलकुद विकास समिती रुकुमका कार्यालय प्रमुख छवी लाल केसी, जिल्ला बुद्धीचाल संघ रुकुम पश्चिमका उपाध्यक्ष तथा वडा अध्यक्ष नवीन ओली, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य शैलेश कुमार शर्मा लगायतको उपश्थिती थियो। प्रतियोगिता अन्तराष्ट्रिय आर्बीटर मनोज घिमिरेको नेतृत्वमा रहेको प्राविधिक टोलीले सञ्चालन गरेको थियो।
टोलीमा अन्तराष्ट्रिय आर्बीटरहरु बालाराम पुन,हेराकाजी मर्हजन, यज्ञ प्रसाद पन्त तथा राष्ट्रिय आर्वीटरहरु विनिता कपाली, लक्ष्मण ओली, धन बहादुर बोगटी र ज्ञानेन्द्र मर्हजन सम्मिलित थिए।
स्वीस लिग चरणमा नौ चरणमा सञ्चालीत प्रतियोगितामा नेपाल र भारतका गरी ६६ जना खेलाडीको सहभागिता रहेको थियो। रुकुममा चेस खेलको विकासका साथै यहाँको पर्यटकीय महत्वलाई प्रस्फुटित गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक कमिटीका प्रमुख शेर्पालीले बताए।