चीनको जिङयाङमा जारी एसियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगितामा नेपालकी मिनु गुरुङ फाइनलमा प्रवेश गरेकी छन्।
नेपालका लागि महिला ५४ केजीमा मिनु गुरुङले चाइनिज ताइपेइकी मुक्केबाज ताओ इन युलाई अंकका आधारमा हराउँदै उपाधि नजिक पुगेकी हुन्।
उपाधि भिड्न्तमा मिनुले फिलिपिन्सीकी मुक्कोवाज नाइस डा डिटेकोसँग प्रतिस्पर्धा गर्ने संघका सदस्य श्याम अवालेले जनाएका छन्।
पुरुष ६४ केजीमा नेपालका भुपेन्द्र थापाले रजत जितेका छन्। भुपेन्द्र फाइनलमा चाइनीज ताइपेइका मुक्केबाज वाङ जिया जोनसँग डिसिजनका आधारमा ३–२ ले पराजित भएका थिए। रजत जितेका भुपेन्द्रले ५ सय डलर पनि हात पारेका सदस्य श्रेष्ठले बताएका छन्।