एडमन्टनमा रहेको हिमालयन तेक्वान्दो एकेडेमीले क्यानडियन आइटिएफ राष्ट्रिय तेक्वान्डो च्याम्पियनशिप–२०१९ मा उत्कृष्ट प्रदर्शन गरेको छ।
सस्काच्युयन तेक्वान्दो फेडरेसनको आयोजनामा भएको सो प्रतियोगितामा हिमालयन तेक्वान्दोले १५ गोल्ड, १४ सिल्भर र १९ ब्रन्ज गरी कुल ४८ पदक जित्न सफल भएको छ । प्रतियोगितामा स्पायरिङ र प्याटर्न गरी दुई विधा समावेश गरिएको थियो।
प्रतियोगितामा गिब्सन ढकाल, प्रसिद्वि कडेल, प्रशुन शर्माले दुवै विधामा गोल्ड मेडल जितेका छन् भने, आरुष उप्रेती, अनुप घिमिरे, आर्यन भट्टराई, जोनिस चौधरी, प्रद्योतन निरौला, प्रसुभ अधिकारी, रिकेश पुरी, स्पन्दन गौतम र सुभम अधिकारी एक-एक गोल्ड मेडल जितेका छन् । त्यस्तै, विवेक तिम्सिना, गणेश वोहोरा, जेम्स चौधरीले दुवै विधामा सिल्भर पदक जितेका छन् ।
आरम्भ खरेल, अवि सिह, आदित्य अधिकारी, अरिक पौडेल, आयुस ओझा, विवश लामिछाने, जेनिसा चापागाई र रिकेस पुरीले एक÷एक सिल्भर जितेका थिए । त्यस्तै दुवै विधामा ब्रन्ज जित्नेमा अनुप रसाईली, प्रवेश पौडेल, रियाज अर्याल, र शसांक भन्डारी रहेका छन् । आरम्भ खरेल, आरुष उप्रेती, अवि सिंह, आदित्य अधिकारी, अनुप घिमिरे, एरिक पौडेल, आर्यन भट्टराई, आयुष ओझा, भविष लामिछाने, जेनिस चापागाई, स्पनदन गौतमले एक एक ब्रन्ज मेडल जितेका छन् । प्रतियोगिता नोभेम्वर ८ र ९ मा सस्काच्युन राज्यको रेजाइना सहरमा सम्पन्न भएको थियो । पतियोगितामा क्यानडा भरीका ४५० खेलाडीको सहभागिता रहेको थियो ।
हिमालयन तेक्वान्डो एकेडेमीेका प्रशिक्षक तथा संचालक राजु गडतौलाको नेतृत्वमा गएको सो टोलीको व्यवस्थापनको जिम्मा अर्का सञ्चालक हुमन गौतमले गरेका थिए । तीन वर्ष अघि देखि सञ्चालनमा आएको सो तेक्वाडोमा नेपाली मुलका करिव ८० भन्दा बढी विद्यार्थीले प्रशिक्षण लिइरहेका छन् । आगामी वर्ष अक्टोवरमा युरोपमा हुने विश्व च्याम्पियनसिपको तयारीमा आफू रहेको प्रशिक्षक राजुले बताए । हिमालयन तेक्वान्डोमा हाल नेपाली भाषी विद्यार्थी मात्र रहेपनि अन्य समुदायका खेलाडीलाइ पनि भर्ना खुल्ला रहेकोे सञ्चालक गौतमले बताए । हिमालयन तेत्वाक्डो एकेडेमी क्यानडाको अल्वर्टा राज्यको राजधानी एडमन्टनमा अवस्थित छ ।