कलेजो प्रत्यारोपणबारे जनचेतना फैलाउन 'त्रिवि शिक्षण अस्पताल कलेजो प्रत्यारोपण दौड' हुने भएको छ।
त्रिवि शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण युनिटको आयोजनामा हुन लागेको दौडमा नेपालभरका रजिष्टर्ड डाक्टरहरुले भाग लिन पाउनेछन्।
त्रिवि शिक्षण अस्पतालबाट बुढानिलकण्ठ हुँदै त्रिवि शिक्षण अस्पतालमै फर्किने कलेजो प्रत्यारोपण सर्जन डाक्टर रमेशसिंह भण्डारीले सेतापाटीलाई बताए ।
मंसिर ७ गते हुने दौड ७ किमिको हुनेछ। दौड कलेजो प्रत्यारोपणबारे सर्वसाधरणमा सकरात्मक सन्देश जाने विश्वास लिएको डाक्ट भण्डारीको भनाई छ।
त्रिवि शिक्षण अस्पतालमा तीन जनाको कलेजो प्रत्यारोपण भएको छ। अस्पतालमा पहिलो पटक जेठमा कलेज प्रत्यारोपण भएको थियो ।