थाइल्यान्ड र मलेसियामा भएको छुट्टा–छुट्टै तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीले १० स्वर्णसहित १८ पदक जितेको छ।
नेपाल तेक्वान्दो एसोसिएसन र नेपाल तेक्वानदो प्रदेश ३ को टिमले मलेसियामा भएको एमबिडब्लू एन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप र थाइल्यान्डमा भएको था ना पा इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा भाग लिएको थियो।
विशाल कँडेलको नेतृत्वको नेपाली टिमले मलेसियामा ७ स्वर्ण र २ कास्य तथा थाइल्यान्डमा ३ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेको छ।
प्रतियोगितामा नेपालसहित अस्ट्रेलिया, अमेरिका, सिंगापुर, दक्षिण कोरिया, थाइल्यान्ड र भारतका खेलाडीले भाग लिएका थिए।
पदक जित्ने नेपाली खेलाडीमा रोजी गिरी (स्वर्ण), रमिला खत्री (स्वर्ण), दिपिका चाम्लिङ (स्वर्ण), मरियम लामा (स्वर्ण), रोनश गिरी (रजत), मनोक जङ (रजत), सार्थक न्यौपाने (रजत), रिवाज (रजत), सिजनबहादुर कुँवार (कास्य) र सुजन प्रधान (कास्य) छन्।