पौडी खेलाडीमा अनुभव सुब्बा, दिपांकर अवाले, उपास्ती महर्जन र अनुसिया तण्डुकार रहेका छन्। प्रशिक्षकमा पौडी मुख्य प्रशिक्षक शंकर कार्की छन्।
आर्चरी खेलाडीमा तिलक पुन मगर, रोशन नगरकोटी, ज्ञानु अवाले र मित्र राई छन्। अफिसियलमा नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ रहेका छन्।
तालिम अगष्ट १ देखि सेप्टेम्बर २ तारिखसम्म हुनेछ ।
खोखोको प्रशिक्षण बर्दियामा
सागको बन्द प्रशिक्षणका लागि खोखो टोली बुधबार बर्दियाको भुरीगाउँ जाने भएको छ।
टोलीमा पुरुष/महिलातर्फ समान ३५–३५ खेलाडी सहभागी छन्।
टोलीलाई ४ प्रशिक्षकले प्रशिक्षण दिने छन्। अन्तिममा समान १५–१५ पुरुष/महिला खेलाडी सागका लागि छनोट गरिने छ।