पहिलो स्कोडा अन्तर बैंक फुटसल प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पूरा भएको छ।
एक्टिभ स्पोर्ट्स कम्प्लेक्सको आयोजनामा भएको प्रतियोगिताको समूह ‘ए’ बाट कुमारी बैंक विजेता र ग्लोबल आइएमई बैंक उपविजेता बनेर अन्तिम ८ मा पुगेका छन्।
समूह ‘बी’ मा एनआइसी एसिया विजेता र मेघा उपविजेता बने भने समूह ‘सी’ मा सिभिल विजेता र प्रभु उपविजेताको रुपमा क्वार्टरफाइनलमा पुगे।
समूह ‘डी’ बाट हिमालयन विजेता र एनएमबीको रुपमा अन्तिम ८ मा प्रवेश गरेका छन्।
ढोलाहिटी पाटनस्थित कम्प्लेक्सको फुटसल मैदानमा भएको प्रतियोगिताको क्वार्टरफाइनल खेल आगामी शनिबार हुनेछ।
क्वार्टरफाइनलमा कुमारीले मेघासंँग खेल्नेछ। यस्तै एनआइसी एसिया र ग्लोबल आइएमईबीच प्रतिस्पर्धा हुनेछ। सिभिल बैंकले एनएमबीको सामना गर्दा हिमालयन बैंक र प्रभु बैंकबीच भिडन्त हुनेछ।
प्रतियोगिताको विजेताले १ लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। यस्तै उत्कृष्ट खेलाडी र उच्च गोलकर्ताले कम्प्लेक्सको पौडी सदस्यता पाउनेछन्।