अठारौं फिना विश्व च्याम्पियनसिपमामा नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
सहभागी हुन दक्षिण कोरियाको ग्वाङझुमा जुलाई १२ देखि २८ तारिखसम्म हुने प्रतियोगिता समान २–२ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।
पुरुषमा शुभम् श्रेष्ठले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा एलेक्जेन्डर शाहले ५० र १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन्।
त्यस्तै महिलामा गौरिका सिंहले १ सय र २ सय मिटर फ्रिस्टायल तथा सोफिया शाहले ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाइमा खेल्ने छन्। गौरिका भेन लन्डनबाटै कोरिया जाने छिन्।
टिम व्यवस्थापकमा नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठ तथा प्रशिक्षकमा पौडीका प्रमुख प्रशिक्षक शंकर कार्की रहेका छन्। टिम बुधबार कोरिया प्रस्थान गर्नेछ।