रोजर फेडेररलाई पराजित गर्दै नोभाक जोकोविचले पुरूष एकलको विम्बल्डन टेनिसको उपाधि जितेका छन् ।
यस जितका लगि उनले विम्बल्डन टेनिसको इतिहासमा एकलतर्फ सबैभन्दा लामो अवधिको खेल खेले।
आइतबार राति भएको खेलमा पाँचौ पटक उपाधिमाथि कब्जा जमाउन जोकोविचलाई ४ घण्टा ५७ मिनेट लाग्यो।
जोकोविचले फेडेररलाई ७–६ (७–५), १–६, ७–६ (७–४) ४–६ र १३–१२ (७–३) को सेटमा पराजित गरेर पाँचौँ पटक विम्बल्डन विजेता बनेका हुन्।
गत विम्बल्डन पनि जोकोबिचले नै जितेका थिए।
हालसम्म १६ वटा ग्राण्डसलाम उपाधि जितेका जोकोबिचले पछिल्ला ५ मध्ये ४ ग्राण्डसलाम प्रतिस्पर्धा जितेका छन् ।
यसैगरी हारसँगै फेडेरर कीर्तिमानी नवौँ विम्बल्डन उपाधिको जित्न असफल भए।