आठौं राष्ट्रिय खेलकुद अन्तरगत एथ्लेटिक्स प्रतियोगितामा नेपाल आर्मी च्याम्पियन बनेको छ।
दाङ तुलसीपुर बेलझुण्डी रंगशालामा सञ्चालित प्रतियोगितामा नेपाल सेनाले सर्वाधिक २१ स्वर्ण, १२ रजत र ८ कास्य पदक हात पार्दै टिम च्याम्पियन बनेको हो ।
त्यस्तै ८ स्वर्ण, ६ रजत र ९ कास्य हात पारेको सशस्त्र प्रहरीको एपिएफले टिम उपविजेता बनेको छ ।
नेपाल पुलिस ३ स्वर्ण ५ रजत र ४ कास्य पदकका साथ तृतीय स्थान हासिल गरेको छ।
प्रतियोगिता अन्तरगत ५ नम्बर प्रदेश १ स्वर्ण, ८ रजत र ६ कास्य पदक हात पार्दै चौथो स्थान हासिल गर्न सफल भएको छ।
महिला १८ र पुरुष १८ गरी ३६ इभेन्ट्समा भएका स्पर्धाहरूमा १०८ पदकको टुंगो लागेको छ।
वैशाख ५ गतेबाट सञ्चालन भएको प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपिएफ, ७ नम्बर प्रदेश र एनआरएनको सहभागिता रहेको थियो।
सोमबार भएको फूल म्याराथन प्रतियोगितामा नेपाल आर्मीका कृष्ण बस्नेत र नेपाल प्रहरीकी राजपुरा पछाईं च्याम्पियन बनेका थिए ।