आठौं राष्ट्रिय खेलकुद अन्तरगत एथ्लेटिक्स अन्तर्गतको फूल र हाफ म्याराथन सोमबार हुने भएको छ।
त्यसका लागि रूट पनि तय गरिएको छ। ४२ किलोमिटर १९५ मिटरको फूल म्याराथन बेलझुण्डी रंगशाला परिसरबाट सुरू हुनेछ।
सोमबार बिहानै सुरू हुने फुल म्याराथनको रूट हेमन्तपुर, विजौरी, ग्वारखोला, पर्सेनी, तुलसीपुर, दोघरे, डाडाँचिस, बागर पिपलको रूख नजिबाट घुमेर श्रीगाउँ ७ नम्बर वडा कार्यालय अगाडि, कुमलगढी,गहतेखोला पुल, तुलसीपुर हुँदै मोतिपुर, विजौरी, हेमन्तपुर हुँदै बेलझुण्डी रंगशालको ट्रयाकमा एक राउण्डपछि समापन हुने भएको छ।