आइतबार तुलसीपुरको बहुउद्धेश्यीय कर्भडहलमा जारी कराँते प्रतियोगिताको पुरुष ५५ केजी तौल समूहमा प्रदेश नं ३ का विजय श्रेष्ठले स्वर्ण पदक जितेका छन्।
यो तौल समूहमा प्रदेश नं १ विवेक थापाले रजत र प्रदेश नं २ का दिनेश बहादुर घिसिङ र एपिएफका लक्ष्मण तामाङले कास्य पदक हात पारे।
त्यस्तै, पुरुष ८४ केजीभन्दा माथिको तौल समूहमा प्रदेश नं. ३ का विपिन राज सिंहले स्वर्ण पदक हात पार्दा प्रदेश नं. १ का सागर साउतले रजत पदक जिते भने प्रदेश नं. २ का सुरेश श्रेष्ठ र प्रदेश नं. ७ का सागर शाहीले कास्य पदक हात पारे।
महिला ६८ केजी तौल समूहमा नेपाल प्रहरीकी अनुपमा मगरले स्वर्ण पदक हात पारिन्। यो तौल समूहमा नेपाली सेनाका रिता कार्कीले रजत जितिन् भने एपिएफकी एरिका गुरुङ र एनआरएनकी शान्ति अधिकारीले कास्य पदक जित्न सफल भइन्।
पुरुष एकल कातामा नेपाल प्रहरीका मादेकाजी श्रेष्ठले स्वर्ण पदक जितेका छन्। प्रतियोगिता अन्तरगत महिला ४२ केजी कुमुतेतर्फ एपिएफकी जिया कार्कीले स्वर्ण पदक हात पारेकी छन्। यो उमेर समूहमा नेपाली सेनाकी कुसुम खड्काले रजत, प्रदेश नं २ की मिरा योञ्जन र प्रदेश नं ७ की वर्षा साउदले कास्य पदक हात पारे।
त्यस्तै, ५० केजी महिला कुमुतेतर्फ नेपाली सेनाकी मिस्ली श्रेष्ठले स्वर्ण जितिन्।
यो उमेर समूहमा एपिएफकी अनु अधिकारीले रजत र प्रदेश नं २ की एलिसा तामाङ र प्रदेश नं ३ की सविना श्रेष्ठले कास्य जितेका छन्। त्यसैगरी ५० केजी पुरुष कुमुतेतर्फ नेपाल प्रहरीका सोनाम लामाले स्वर्ण जिते।
एपिएफका वीर बहादुर तामाङले रजत जित्दा प्रदेश नं. ३ का साजन मोक्तान र नेपाली सेनाका विश्व खत्रीले कास्य पदक हात पारेका छन्।