दाङको बेलझुण्डीमा बिहिबारदेखि आठौं राष्ट्रिय खेलकुद अन्तगरत एथ्लेटिक्स प्रतियोगिता सुरू हुने भएको छ।
प्रतियोगिताको औपचारिक उद्घाटन बिहान ७ बजेपछि हुनेछ। बिहिबार १०० मिटर महिला/ पुरुष हिट, ४×१०० मिटर रिले हिट,एक हजार मिटर महिला/पुरुष फाइनल र सटफुट हुनेछ।
वैशाख ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिला/पुरुषको समान १८ इभेन्ट्स १००, २००, ४००, ८००, १५००, ५००००, १०००० मिटर छोटो तथा लामो दूरीका दौड, म्याराथन ४२.१९५ किलोमिटर, ४×१००,४×४०० रिले, लङजम्प, हाइजम्प, ट्रिपलजम्प, सर्टफुट, ज्याभलिन थ्रो, डिस्कस थ्रो, १०० मिटर हडल्स् महिला/पुरुष, ४०० मिटर हडल्स्मा विभागीय टिम नेपाल पुलिस, नेपाल आर्मी, सशस्त्र प्रहरीको एपिएफ र सात प्रदेश तथा एनआरएन टिमका बीच प्रतिस्पर्धा हुने मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका उपनिर्देशक चन्द्रबहादुर गुरुङले जानकारी दिए।
यसैबीच प्रतियोगिताको अन्तिम तयारी स्वरूप बेलझुण्डी रंगशालाको ट्रयाक एण्ड फिल्ड लगाएत अन्य तयारी कार्य पूरा भएको समेत उपनिर्देशक गुरुङले जानकारी दिए ।
आठौं राष्ट्रिय खेलकुद हाम्रो प्रदेशमा पसिना र पौरख आफ्नै देशमा भन्ने मूल नाराका साथ दाङमा प्रतियोगिता चैत २७ गतेदेखि जारी छ उद्घाटन भने बिहिबार राष्ट्रपतिले बाँकेमा गर्ने कार्यतालिका छ ।