दाङमा भएको ८ औं राष्ट्रिय खेलकुद अन्तर्गत बास्केटबल प्रतियोगिताको महिलामा विभागीय टिम नेपाल पुलिस क्लब र पुरुषमा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीले स्वर्ण पदक हात पारेका छन्।
दाङको घोराहीमा सञ्चालित प्रतियोगिता अन्तरगत बुधबार भएको फाइनल खेलमा पुरुषतर्फ प्रदेश नं ३ लाई ५८ का विरूद्ध ७६ स्कोरले पछि पार्दै डिफेन्डिङ च्याम्पियन आर्मीले स्वर्ण पदकमा कब्जा जमाएको हो।
प्रदेश नं.३ भने रजत पदकमा चित्त बुझाउन बाध्य भयो।
त्यस्तै, महिलातर्फको फाइनल भिडन्तमा साविक विजेता प्रदेश नं. ३ लाई २९ काविरूद्ध ४५ स्कोरले पछि पार्दै नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पार्न सफल भयो। पुलिससँग फाइनलमा पराजित प्रदेश नं. ३ उपविजेतामा सीमित रहँदै रजत पदकमा चित्त बुझाउन बाध्य भयो।
प्रतियोगिताको महिलातर्फ नेपाल आर्मी र पुरुषतर्फ नेपाल पुलिस क्लब तृतीय भए ।