नेपाल आइटिएफ तेक्वान्दो गेम्स कमिटीले मलेसियामा हुने प्रथम एसिया प्यासिफिक प्रतियोगिताका लागि प्रशिक्षक चयन गरेको छ।
प्रतियोगिताको प्रशिक्षक छनोट भएका झापा जिल्लाका टेक्निकल प्रमुख नवीन तामाङलाई मंगलबार एक कार्यक्रमबीच विदाइ गरिएको छ।
झापाको दमकमा एक कार्यक्रम आयोजना गरी राईलाई आइटिएफ गेम्स कमिटीका अध्यक्ष प्रवीन कार्की, प्रदेश नम्बर १ का उपाध्यक्ष राजेन्द्र धिमाल, आइटिएफ दमकका अध्यक्ष सहारा थेवेलगायतले विदाइ गरेका हुन्।
आइटिएफ तेक्वान्दोको च्याम्पियनसिप चैत १५ देखि १७ सम्म क्वालालम्पुरमा हुँदैछ। सो प्रतियोगितामा नेपालका ९ खेलाडी र दुई अफिसियल चयन गरिएको छ।
अफिसियल, खेलाडी र प्रशिक्षकलाई बुधबार काठमाडौंबाट नेपाल आइटिएफ तेक्वान्दो महासंघले औपचारिक विदाइ गर्दैछ।