अठारौँ एशियन अल्पाइन चिल्ड्रन च्याम्पियनसीपमा सहभागी हुन चार खेलाडीसहित ५ सदस्यीय नेपाली स्की टोली भोलि बुधबार दक्षिण कोरियाको ग्वाङवोन जाने भएको छ ।
मार्च १६ र १७ तारिखमा हुने प्रतियोगिताको पुरुषमा दिनेशकुमार बोहरा र उमङ्ग रञ्जित तथा महिलामा लक्ष्मी राई र पलिसा बज्रचार्यले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रवीण कर्माचार्यले टिम प्रशिक्षक र व्यवस्थापक दुवैको भूमिका निर्वाह गर्नेछन् ।
टोलीलाई सङ्घीय सांसद्, नेपाल स्की सङ्घका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सातदोबाटोमा आयोजित एक कार्यक्रम सफलताको शुभकामना दिँदै बिदाइ गरे ।
(रासस)