प्रथम गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की लिग प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ ।
झापाको मेची रङ्गशालामा बुधबार भएको फाइनल खेलमा विभागीय टोली नेपाल आर्मीलाई १–० गोलअन्तरले हराउँदै गण्डकीले उपाधि जितेको हो ।
उपाधिसँगै गण्डकीले २० हजार रूपैयाँ नगद सहित ट्रफी तथा मेडल पायो । उपविजेता आर्मीले १५ हजार पुरस्कार प्राप्त गर्यो । यस्तै प्रदेश नं १ लाई सडन डेथमा ७–६ गोलअन्तरले पराजित गर्दै सुदूरपश्चिम प्रदेश तेस्रो भयो ।
सुदूरपश्चिमले पाँच हजार पुरस्कार पायो ।
गण्डकीका श्रवण कुमार प्रतियोगिताको उत्कृष्ट खेलाडी हुँदा, आर्मीका आर्मीका राम साह उत्कृष्ट गोलकर्ता बने भने आर्मीकै पुरन एल उत्कृष्ट गोलकिपर भए।
उदयीमान खेलाडी प्रदेश नं १ का अनिष मगरलाई घोषित गरियो।
उनीहरुलाई जनही पाँच हजार र ट्रफीसहित पुरस्कृत गरिएको थियो ।
राष्ट्रिय खेलकूद परिषद्को संयोजन तथा नेपाल हक्की सङ्घको आयोजनामा हक्की प्रतियोगितामा कर्णाली प्रदेशबाहेक ६ प्रदेश र नेपाल आर्मीको सहभागितामा रहेको थियो ।