‘सातौं मिष्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता एवं दोस्रो पुरुष फिट्नेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स २०७६’ प्रतियोगिता आगामी वैशाख २० र २१ गते हुने भएको छ।
नेपाल शारीरिक सुगठन गतथा फिट्नेस संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिएको हो।
प्रत्येक २/२ वर्षमा आयोजना हुने सो प्रतियोगितामा जम्मा ६ वटा वजन समूह खेलाइने आयोजकले जनाएको छ। जसमा ५५, ६०, ६५, ७०, ७५ तथा ७५ भन्दा माथि वजन भएका समूहबीच प्रतिस्पर्धा गराइने छ।
एउटा संघबाट एउटा वजन समूहमा बढीमा २ जना खेलाडीहरू गरी जम्मा १२ जना खेलाडी र १ जना टिम म्यानेजरले प्रतियोगितामा भाग लिन पाउने आयोजकले जनाएको छ।
त्यस्तै, शारीरिक सुगठनको विधा अन्तर्गत हुने दोस्रो पुरुष फिटनेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स प्रतियोगितालाई खुला उचाइ समूह अन्तर्गत खेलाइनेछ।
प्रत्येक समूहमा प्रथम, द्वितीय, तृतीय खेलाडीलाई क्रमश : २५०००, १५००० र १०००० नगद पुरस्कार दिइनेछ।
यसका साथै मिष्टर हिमालय उपाधि पाउने एक जनाले २ लाख ७५ हजार रकम पाउनेछ।
प्रतियोगिताको अनुमानित बजेट करिब २० लाख हुने आयोजकले अनुमान गरेको छ।