दाङको तुलसीपुरमा प्रदेशस्तरीय तेक्वान्दो प्रशिक्षण सुरू भएको छ। नेपाल तेक्वान्दो संघ प्रदेश नं. ५ को आयोजनामा बिहिबारदेखि तुलसीपुरमा प्रशिक्षण सुरू भएको हो।
चार दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा १२ जिल्लाका ५० बढी खेलाडीको सहभागिता रहने जानकारी दिइएको छ।
नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ५ का अध्यक्ष विमल रिजालको अध्यक्षतामा भएको कार्यक्रमलाई दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगी,प्रशिक्षक नविनकुमार श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।