उपत्यकाव्यापी खुला धिमे बाजा प्रतियोगिता असोज १९ मा


दोस्रो काठमाडौँ उपत्यकाव्यापी खुला धिमे बाजा प्रतियोगिता २०७४ यहाँ असोज १९ गते हुने भएको छ ।

मानन्धर व्यायाम मन्दिरले २५ औँ वसन्त पार गरेको अवसरमा भक्तपुरको पहिचान बोकेको धिमे बाजाको संरक्षण गर्ने उद्देश्यले धिमे प्रतियोगिता गर्न लागेको मन्दिरका सल्लाहकार रामकृष्ण मानन्धरले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रतियोगितामा ४० टोलीको सहभागिता रहने कार्यक्रम संयोजक किशोर मानन्धरले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुनेलाई धिमेका सामग्रीका साथै शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.