जसले दशैंका लागि ‘देवी’ बनाउँछन्(फोटो फिचर)


सर्लाहीका ४७ वर्षीय विकु पण्डित हिन्दुहरुको चाडपर्व अनुसार विगत १८ वर्षदेखि माटोको मुर्ति बनाउँदै आएका छन्। दशैंको अवसरमा उनी र उनका  साथीहरुले देवीको माटोको मुर्ति बनाउन सुरु गरेका थिए।

उनले यही दशैंमा काठमाडौंका विभिन्न स्थान पशुपति क्षेत्र, क्षेत्रपाटी, बौद्द, गोर्को, सानेपा, कुपोण्डोल, हनुमास्थान र बागबजारमा माटोका ८ वटा समुहको देवीको मुर्ति बनाइसेका छन्।

देवीको मुर्तिको समुहमा ५ वटा फरक अवतार देवी दुर्गा, लक्ष्मी, सरस्वती, गणेश र कात्तिक समावेश हुन्छन्। उनले एक समुहको लागि १४ दिनको समय छुटाएका थिए।

विकुले माटोको मुर्तिको एक सेटको लागि ३५ हजार देखि ५० हजारसम्म लिने गरेका छन्। उनले दैनिक १२ सय रुपैयाँ काम गर्ने कामदारलाई पनि बुझाउने गरेका बताए।

हेर्नुस् तस्वीरमा

तस्वीरः नारायण महर्जन

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.