क्वालालम्पुरको स्कुलमा आगलागी हुँदा २४ जना विद्यार्थी र शिक्षकको मृत्यु


मलेसिया क्वालालम्पुरको एक धार्मिक स्कुलमा आगलागी हुँदा कम्तीमा २४ जना विद्यार्थी र शिक्षकको मृत्यु भएको छ।

तह्फिज दfरुल कुरान इत्तफाकिया भवनमा बिहीबार बिहान आगो लागेको थियो।

झ्यालमा फलामको ग्रिल हालेका कारण विद्यार्थी र शिक्षकहरु कोठामै थुनिएका बिबिसीले जनाएको छ।

मृत्यु हुनेमा २२ जना विद्यार्थी र दुई शिक्षक छन्। सबै विद्यार्थी १३ र १७ वर्षका किशोर थिए।

अन्य १० जनालाई अस्पताल लगिएको छ भने ४ जना गम्भीर घाइते भएको बताइएको छ।

तह्फिज स्कुलहरुमा कुरान पढाइन्छ र, अधिकांश विद्यार्थी त्यहीं बस्छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.