१ हजार ६९ वटा रोबोट एकैपटक यसरी नाचेर राखे गिनिज रेकर्ड (भिडियो)


मान्छेले विभिन्न विधामा गिनिज बुक अफ रेकर्डस्मा नाम लेखाएका छन्। विभिन्न तरिकामा धेरै मान्छे नाचेर राखिएका रेकर्ड पनि सयौं छन्। यस्तै रेकर्डको सूचीमा हालै रोबोट पनि समावेश भएका छन्।

१ हजार ६९ वटा रोबोट एकैपटक नाचेर गिनिज बुकमा रेकर्ड दर्ता भएका हुन्। डब्लुएल इन्टेलिजेन्ट टेक्नोलोजी नामक चिनियाँ कम्पनीले बनाएका यी रोबोट अगस्ट १७ मा चीनको गोन्जाउमा नाचेका थिए। ‘डोबी’ नाम दिइएका यो रोबोटको मूल्य एकवटाको ३३० अमेरिकी डलर पर्छ।

गत वर्ष एभर वीन कम्पनी एण्ड लिमिटेडले १ हजार ७ वटा रोबोट एकैपटक नचाएर कायम भएको रेकर्ड अहिले तोडिएको हो।

हेर्नुहोस् भिडियोः

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.