पूर्वमा आइतबारबाट मौसम सुधार, मध्य र पश्चिममा सक्रिय हुने

पूर्वमा आइतबारबाट मौसम सुधार, मध्य र पश्चिममा सक्रिय हुने


पूर्वी क्षेत्रमा भोलिबाट मौसम सुधार हुँदै जाने मौसमविद् सुवास रिमालले बताएका छन्। भोलि बिहानसम्म अविरल बर्षा भइनै रहने पूर्वानुमान भए पनि दिउँसोबाट भने सुधार हुँदै जाने मौसम पूर्वानुमान शाखाले जनाएको छ।

पूर्वी क्षेत्रका सर्वसाधारणले भोलि बिहानसम्म नै सचेत भइरहनपर्ने सुझाव मौसमविद् रिमालले दिए।

पूर्वी क्षेत्रमा कति पानी परेको छ भन्ने रेकर्ड नै हुन सकेको छैन । महाशाखाको विराटनगर कार्यालय नै डुबानमा परेकोले मौसम रेकर्ड हुन नसकेको रिमालले सेतोपाटीलाई बताए। मध्य र पश्चिम क्षेत्रमा भने भोलि यस्तै मौसम अझै सक्रिय हुने पूर्वानुमान रहेको उनले जानकारी दिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.