धनुषास्थित हंसपुर नगरपालिकाका मेयर प्रदिपकुमार यादवको निधन भएको छ।
मस्तिष्कघात भएर उपचार गराइरहेका उनको सोमबार निधन भएको हो।
२०७९ सालको स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए।
कांग्रेस धनुषा सभापति जोगी पजियारले सेतोपाटीलाई दिएको जानकारी अनुसार काठमाडौंको नर्भिक अस्पतालमा उनको निधन भएको हो।
'बिहीबार राति मस्तिष्कघात भएपछि जनकपुरमै प्राथमिक उपचार गरेर एयर एम्बुलेन्सबाट काठमाडौं लगेर उपचार भइरहेको थियो,' उनले भने, 'आज उहाँको निधन भएको खबर आयो।'
उनका अनुसार मंगलबार उनको पार्थिव शरीर धनुषा ल्याउने तयारी छ।
५५ वर्षका प्रदिपको परिवारमा श्रीमती, दुई छोरा रहेको पजियारले जानकारी दिए।