अविरल वर्षाका कारण रसुवा जिल्लास्थित लाङटाङ खोलाको पानीको सतहले सतर्कता तह पारेको छ।
स्याफ्रुबेसी जलमापन केन्द्रका अनुसार त्यहाँको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा छ।
यसले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनेले आइतबारसम्मै उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ।