महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ।
बर्दिबास नगरपालिका-१ रातो पुलमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेको हो।
पुलमा रातो कपडामा पोको पारेर राखिएको देखिएपछि नेपाली सेनालाई बोलाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी शैलेन्द्र भट्टले जानकारी दिए।
'सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरिसकेको छ, त्यस्तो कुनै पनि भयानक अवस्था आएन,' डिएसपी भट्टले भने।