नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक सुरू भएको छ।
क्यानको केन्द्रीय कार्यालय मुलपानीमा बोर्ड बैठक सुरू भएको हो।
बैठकमा नेपाल प्रिमियर लिग (एनपिएल) को हिसाबसहित छलफलका १२ एजेन्डा छन्।
जसमा एनपिएलको पहिलो संस्करणको आय-व्ययको जानकारी गराउने र त्यसलाई अनुमोदन गर्ने, दोस्रो संस्करणको तयारी र एनपिएलको विषयमा परेका मुद्दाको विषय पहिलो एजेन्डा छ।
यस्तै कर्मचारीको करार सम्झौता, खेलाडीको श्रेणीको पुनरावलोकन र टी-२० विश्वकप २०२६ को तयारी योजनामा पनि बैठकमा छलफल हुनेछ।
थप एजेन्डमा २०२६ का लागि आन्तरिक क्रिकेट योजना, क्यालेण्डर तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको आयोजना छन्।
बैठकमा आइसिसीबाट फुकुवा भएको बजेटको विषयमा पनि छलफल हुनेछ। यो बैठकमा क्यानको विधान संशोधन गर्ने विषय पनि एजेन्डामा समावेश छ।
यस्तै क्यानको वार्षिक साधारण सभा र जिल्ला क्रिकेट संघको निर्वाचनमा पनि छलफल हुनेछ।
विविध विषयको एजेन्डामा आइसिसी तथा एसिसीको वार्षिक साधारण सभा, लुम्बिनी तथा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको विवाद छ। अन्तिम तथा १२औं एजेन्डाको रुपमा अन्य विषयमा छलफल हुनेछ।
तस्बिरहरूः
-ink-1753942203.jpeg)
-ink-1753942203.jpeg)
-ink-1753942203.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।