काठमाडौंको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा जमरा राखिएको छ।
बिहीबार घटस्थापनाको दिन बिहान उत्तम साइतमा दरबारको दसैँघरमा विधिपूर्वक जमरा राखिएको हो।
दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखेपछि महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ।
दसैँघरमा राखिएसँगै आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ।
आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ।
तस्बिरहरूः