नवलपरासीको सार्दीमा रहेको होङसी सिमेन्ट उद्योगका १३ टिपरलाई बागमती प्रदेश ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
लकडाउनको मौका छापेर सो सिमेन्ट उद्योगले आफ्ना टिपरहरु प्रयोग गरी क्षमता भन्दा बढी सामान ल्याउने गरेको खुल्न आएको हो। सो टिपरहरुले विर्तामोडबाट जिप्सम र कोइला लोड गरी ल्याएका थिए। जिप्सम र कोइला सिमेन्ट बनाउन चाहिने कच्चा पदार्थ हुन।
१७ टन क्षमता भएका टिपरहरुले २७ टनसम्म जिप्सम र कोइला लोड गरि ल्याएको बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रकाश रानाभाटले जानकारी दिए। क्षमता भन्दा भार वहन गरी सामानहरु ल्याउँदै गरेको सूचनाका आधारमा हेटौंडामा टिपरहरु रोकी जाँच गरिएको थियो।
लकडाउनको फाइदा उठाउँदै होङसी सिमेन्टले क्षमताभन्दा बढी सामानहरु ल्याउने गरेको खुलेको छ।
धर्म काटा ब्यवस्थापन समिति हेटौंडामा जाँच गर्दा १३ टिपरले तोकेको भन्दा अत्याधिक भार वहन गरेको भेटिएको थियो। १३ वटा टिपरहरुलाई प्रहरीले २ लाख ९४ हजार जरिवाना गराएको छ। तोकेको भन्दा भार वहन धेरै गरेको सडकको अवस्थामा समेत असर गर्ने प्रहरीले जनाएको छ।
यसका साथै दुर्घटना हुने सम्भावना पनि रहने बागमती प्रदेश ट्राफिक प्रहरीले जनाएको छ। बागमती प्रदेश ट्राफिक प्रहरीले लकडाउनका बेला पनि राजमार्गमा सवारी साधनहरुको चेकजाँच तिब्र रुपमा अघि बढाएको छ।