भक्तपुरमा टिपरको ठक्करले एक जना युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार भक्तपुर नगरपालिका-१ सृजनानगरस्थित राधेराधेबाट सल्लाघरीतर्फको सर्भिस ट्रयाक सडकमा टिपरले ठक्कर दिँदा उदयपुर चौदण्डीगढी नगरपालिकाका २७ वर्षीय समीर विकको मृत्यु भएको हो।
तीनकुनेबाट भक्तपुरतर्फ गइरहेको सो टिपरले सडकमा हिँडिरहेका विकलाई ठक्कर दिएको थियो।
आइतबार ९ बजे बा ३ ख २५३१ नम्बरको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
ठक्कर दिने टिपर चालक साँगाका सिद्धिमान तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरी वृत्त जगातीमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।