दाङमा अज्ञात समूहले रोकिराखेको एउटा हायस गाडिमा आगजनी गरेको छ ।
तुलसीपुर अमिलिया सडक खण्डमा रोकिराखेको बा ३ ख ८५९३ नम्बरको गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जानकारी दिएको छ।
बिग्रिएर जंगलमा रोकिराखेको उक्त हायसलाई बिहीबार राति अज्ञात समूहले आगजनी गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
दाङको तुलसीपुरबाट नेपालगञ्ज तर्फ जाँदै गरेको उक्त गाडी बिग्रिएपछि बेलुका ८ बजेतिर बीच जंगलमै पार्किङ गरेर राखिएको थियो।
गाडीमा बिहीबार मध्यराततिर आगजनी भएको प्रहरीले अनुमान गरेको छ। ईलाका तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले घटनावारे अनुसन्धान भइरहेको जानकारी दिए।