नेपाल कम्युनिस्ट पार्टी विप्लव माओवादीका नवलपरासी पश्चिम इञ्चार्ज सुमन ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ।
ज्ञवालीलाई बर्दघाट नगरपालिका–२ चिसापानीस्थित घरबाटै प्रहरीले पक्राउ जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ।
तत्कालीन नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सचिव उनी वैद्य समूह हुँदै विप्लव माओवादीमा प्रवेश गरेका हुन्।
उनीमाथि छानबिन तथा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
ज्ञवालीसँगै पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दनिया पनि सोमबार राति नै पक्राउ परेका छन्।
यो पनि:
विप्लव माओवादीका भेरी-कर्णाली इञ्चार्ज शाही कालिकोटमा पक्राउ