सोमबार दाङको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस


दाङको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियलसम्म झरेको छ।

जल तथा मौसन विज्ञान फिल्ड कार्यालय घोराहीले सोमबार बिहान ८ :४५ बजे जिल्लाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको जानकारी दिएको छ। कार्यालयका सहायक इञ्चार्ज शरद शर्माका अनुसार उक्त समयमा अधिकतम तापक्रम २२.२ प्रतिशत रहेको थियो भने वायूको सापेक्षित आद्रता ९५ प्रतिशत रहेको जानकारी दिए।

दाङको न्यूनतम तापक्रम केही दिनयता निरन्तर अोरालो लागेको उनले बताए। गत शुक्रबार दाङको न्यूनतम तापक्रम ९ प्रतिशत, आइतबार ७ प्रतिशत र सोमबार बिहानको न्यूनतम तापक्रम ६.५ प्रतिशतमा झरेको शर्माले बताए। तापक्रम यही गतिमा घट्दै गएमा दाङको यसवर्षको तापक्रम केही दिनमै ३ देखि ४ डिग्री सेल्सियससम्म पुग्ने शर्माले अनुमान लगाए।

यसैबीच, कार्यालयका सहायक इञ्चार्ज शर्माले माघको दोस्रो सातादेखि जिल्लाको तापक्रममा सुधार आउने अनुमान लगाए। ‘दाङको आकाशमा भर्खरै बादल देखिन थालेको छ, अबको १५ देखि २० दिनमा हल्का वर्षा हुन सक्छ वा शीतलहर नै चल्न सक्छ र त्यसपछि बल्ल आकाश सफा भएर तापक्रममा वृद्धि हुनेछ’ शर्माले भने।

दाङमा बिहानीपख चिसो हुने गरेको भएपनि दिउँसो भने पारिलो घाम लाग्ने भएको हुँदा तापक्रममा ह्वात्तै वृद्धि हुने गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.