सिरहामा सकेट बम पड्कियो, गोइत समूहले लियो जिम्मा 


लहान नगरपालिका–१ स्थित लोकतन्त्रचोक छेउमा बम पड्किएको छ।

बेवारिसे अवस्थामा रहेको साईकलको सिटमुनी फिट गरेको सकेट बम बिष्फोटन हुदाँ छर्रा लागेर सप्तरीको खडक नगरपालिका–२ बनरझुल्ला बस्ने ४६ वर्षीय परमेश्वर चौधरी र सोही नगरपालिका–४ पनसेरा बस्ने ४४ वर्षीय धनराज चौधरी घाइते भएका छन् ।

हात, खुट्टा, ढाड र कम्मरमा छर्रा लागेर सामान्य घाइते भएका उनीहरुलाई उपचारको लागि राउ स्मारक अस्पताल लहानमा लगिएको छ ।

घटनास्थलमा सकेटका टुक्राहरु तथा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) जयकृष्ण गोईत नामक पर्चा समेत फेला परेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.