गजुरी प्रहरीद्वारा ३० केजी गाँजासहित १ जना पक्राउ


गजुरी गाउँपालिका–१ गजुरी बजार स्थित पृथ्वीलोकमार्गबाट प्रहरीले ३० केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

ना.२ ख ७३११ नम्वरको खाली ट्रकबाट ३० केजी गाँजा सहित ट्रक चालक पर्सा कल्याणपुर गाउँपालिका–४ बस्ने २७ बर्षीय हृदय नन्द प्रसाद महव्त र सह–चालक बिरगञ्ज महानगरपालिका–२ छप्कैया बस्ने १२ वर्षीय आकाश कुमार नुनियालाई पक्राउ गरेको प्रहरी निरीक्षक संजय तिमल्सिनाले जानकारी दिए।

ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले काठमाडौँबाट बिरगंजतर्फ जाँदै गरेको उक्त ट्रकलाई विहिबार चेकजाँच गर्दा ट्रकको अगाडी क्याबिनमा लुकाई राखेको प्लाष्टिकको दुईवटा बोरामा पोका बनाई राखेको अवस्थामा उक्त गाँजा बरामद भएको थियो ।

यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.