साढुभाईको गोली हानी हत्या गर्ने पुन पक्राउ


आफ्नै साढुदाईलाई जंगलमा लगेर गोली हानेर हत्या गरेको अभियोगमा दाङमा एकजना व्यक्ति पक्राउ परेका छन्।

कपिलबस्तु जिल्लाको शिवगढी गाउँपालिका वडा नं. ३ निवासी २८ बर्षीय माधव पुनलाई आफनै साढुभाईलाई जंगलमा लगेर गोलि हानी हत्या गरेको अभियोगमा पक्राउ गरिएको दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन्।

पुनले गढुवा गाउँपालिका वडा नं. ३ सपैला निवासी आफ्नै साढुभाई नातापर्नै २६ वर्षीय रामलाल पुरीलाई जंगलमा बाँदर मार्न भनि लगेर गोलि हानेर हत्या गरेको भन्ने जाहेरीका आधारमा पक्राउ गरिएको एसपी सिंहले जानकारी दिइन्।

मंसिर ९ गते मध्यान्हः १२ बजेतिर नजिकैको गढुवा गाउँपालिका वडा नं. ५ स्थित राष्ट्रिय जंगलमा बाँदर मार्न जाउँ भनि लगेको तर पुनले भरुवा बन्दुकले गोलि हानी पुरीको हत्या गरेको कुरा अनुसन्धानवाट खुल्न आएको एसपी सिंहले बताइन्।

पक्राउ परेका पुनमाथि कतव्र्य ज्यान मुद्दा शिर्षकमा मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.