अन्तत कांग्रेसले रसुवामा आफ्नै उम्मेद्वार उठाएको छ। प्रतिनिधि सभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा नयाँ शक्तिले आफूलाई सिट दिन कांग्रेससँग माग गरेको थियो।
अन्तिमसम्म नयाँ शक्तिले रसुवा दाबी गरेपछि कांग्रेसले उम्मेद्वार टुङ्गो लगाउन समेत सकेको थिएन।
आइतबार बिहान नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईसँगको छलफलपछि कांग्रेसले रसुवामा मोहन आचार्यलाई उम्मेद्वार बनाएको हो।
रसुवामा नयाँ शक्तिले स्थानीय तहको निर्वाचनमा एउटा गाउँपालिकामा जीत हात पारेको थियो। कांग्रेसले रसुवामा प्रदेश सभाको एउटा सिट भने नयाँ शक्तिलाई छाड्ने भएको छ।
रसुवाको प्रदेश सभा (क) मा भने प्रभात तमाङलाई उम्मेदवार बनाउने भएको छ।