प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेश सचिव विक्रम मिस्रीले औपचारिक भ्रमणको निमन्त्रणा दिएका छन्।
नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका सचिव मिस्रीले आइतबार सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरे। उक्त भेटमा ओलीलाई भारत भ्रमणको निमन्त्रणा दिएको भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले जानकारी दिए।
निमन्त्रणाका लागि प्रधानमन्त्री ओलीले धन्यवाद समेत दिएका थिए।
भेटमा दुई पक्षीय उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो।
भ्रमणको मितिबारे दुवै पक्षले आधिकारिक रूपमा अहिलेसम्म घोषणा गरेका छैनन्। दुवै मुलुकका कूटनीतिक संयन्त्रको आपसी समझादारीबाट उक्त भ्रमणको कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ।
यसअघि प्रधानमन्त्री ओली निकट स्रोतले भदौ ३१ गते भारत गएर असोज १ गते स्वदेश फर्किने जानकारी दिएको थियो। तर औपचारिक रूपमा घोषणा भएको थिएन।