वीरगन्जमा सरावगीले मतान्तर १७४२ पुर्‍याए


दुई नम्बर प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार संघीय समाजवादी फोरम नेपालले अग्रता अझै बढाएको छ।

नेपाली कांग्रेसको प्रमुख पदका उम्मेदवार अजय कुमार द्विवेदीलाई पछाडि छोडेका संघीय समाजवादी फोरम नेपालका प्रत्यासी विजय कुमार सरावगीले मतान्तर १७४२ पुर्‍याएका छन्।

७८४२१ मत गणना हुँदा सरावगीले १८२३३ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै नेपाली कांग्रेसका द्वीवेदीले १६४९१ मत प्राप्त गरेका छन्

त्यस्तै उप-प्रमुख पदमा भने नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ। नेपाली कांग्रेसको तर्फबाट प्रमुख पदकी प्रत्यासी शान्ति कार्की १८८८६ मत पाएकी छन् भने संघीय समाजवादी फोरम नेपालकी पिंकी देवी यादवले १७३५० मत पाएकी छन्।

त्यसैगरी प्रमुख पदमा ११००१ मत प्राप्त गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) को प्रमुख पदका प्रत्यासी राजेशमान सिंह तेस्रो स्थानमै छन्। राजपा उपमेयर उम्मेदवारको मत  ६९१५ छ।

एमालेका एमालेका बसरुद्दीन अन्सारी चौथो स्थानमा आएका छन्। उनले ८१८६ मत पाएका छन् भने एमाले उपमेयर उम्मेदवारको मत ९८०२ छ।

नेकपा माओवादी केन्द्रका रहबर अन्सारी ७९३३ मत पल्याएका छन्। मा‌ओवादी उपमेयर उम्मेदवारको मत ४८२३ छ।

७७६२ मत प्राप्त गर्दै नेपाली लोकतान्त्रिक फोरमका विमल प्रसाद श्रीवास्तव छैठो स्थानमा छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.