सिरहामा फोरम र एमालेबीच कडा प्रतिस्पर्धा


सिरहाका १७ मध्ये १६ स्थानीय तहको प्रारम्भिक मत परिणाम सेतोपाटीलाई प्राप्त भएको छ।

प्राप्त मतपरिणाम अनुसार जिल्ला संघीय समाजवादी फोरम र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ। १६ मध्ये फोरम उम्मेदवार ६ स्थानीय तहमा अगाडि छन् भने एमाले उम्मेदवार ५ ठाउँमा अग्रता लिइरहेका छन्।

मतपरिणाम अनुसार औरही बरियारपट्टि, भगवानपुर, लक्ष्मीपुर पराति गाउँपालिका र सुखीपुर र सिरहा नगरपालिकामा अग्रता लिएका छन्।

त्यस्तै एमाले उम्मेदवार कर्जन्हा, नवराजपुर, लहान, बिष्णुपुर र सखुवानान्कारकट्टीमा अगाडि छन्। माओवादी केन्द्र अर्नमा, गोलबजार र मिर्चैयामा पहिलो स्थानमा छ। कांग्रेस उम्मेदवार धनगढीमाईमा र कल्याणपुरमा राजपा उम्मेदवारले अग्रता लिएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.