सिरहाको अर्नमा गाउँपालिकामा माओवादी दोब्बरले अघि


सिरहाको अर्नमा गाउँपालिकामा २ वडाको मतगणना सकिँदा माओवादी केन्द्र दोब्बरले अगाडि छ।

माओवादीका मेयर उम्मेदवारले १३३२ मत पाएका छन्। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ६९०  मत पाएको छ भने एमालेले ६५६ मत पाएको छ।

चौथो स्थानमा संघीय समाजवादी फोरम छ जसले ५०५ मत पाएको छ। पाँचौंमा राजपाले १७२ मत पाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.