लहानको मतगणना राति ११ बजेदेखि पुनः सुरू हुने


अपरान्हदेखि स्थगित भएको सिरहाको लहान नगरपालिकाको मतगणना राति ११ बजेदेखि सुरु हुने भएको छ।

पटकपटक बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना पुनः सुरू गर्ने निर्णय गरेको हो।

स्रोतका अनुसार लहान– ३ मा कांग्रेस उम्मेदवार वडाअध्यक्षमा ८ मत बढी पाएर विजयी भएपछि संघीय समाजवादी फोरमका प्रतिनिधिले पुनः मतगणना गर्नुपर्ने माग गरेका थिए।

फोरमले पुनः मतगणना गर्न माग गरेको निवेदन निर्वाचन आयोगमा पठाउने र तीन नम्बर वडाको मत सिल गरेर राख्ने सहमति भएपछि मतगणना पुनः सुरू हुन लागेको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.